रौतहटमा नगद तथा गहना लुटपाट

समाचार

रौतहट, २३ असोज । गरुडा नगरपालिका–७ पिपरीया दोस्तीया बस्ने ४५ वर्षीया चम्पा देवीको घरबाट नगद ३ लाख रुपैयाँ, ३ तोला सुन र ५ तोला चाँदी लुटपाट भएको छ ।

करिब १० जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले मुलगेटको भेन्टिलेशनको जाली फुटाई प्रवेश गरेर धारिलो हतिहारले चम्पा देवी र उनका छोरा २५ वर्षीय पवन यादवलाई प्रहार गरी घाइते बनाई धनमाल लुटी फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि गरुडास्थित अनामिका हस्पिटलमा पठाएको छ ।

हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ