सर्लाही र रौतहटका सञ्चारकर्मीलाई शिक्षा सम्मान

समाचार

रौतहट, २३ असोज । सर्लाहीको गोडैता नगरपालिकामा सर्लाही र रौतहटका सात जना सञ्चारकर्मीलाई शिक्षा सम्मान २०७८ बाट सम्मानित गरिएको छ।

नेपाली र बज्जिका भाषामा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका दुई जिल्लाका सात सञ्चारकर्मीलाई एक समारोहबीच प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले शिक्षा सम्मान २०७८ बाट सम्मानित गरेका हुन् ।

गोडैता नगरपालिका ५ रामवनस्थित श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयका छात्राहरुलाई साइकल वितरण गर्ने कार्यक्रमको अवसरमा सर्लाहीका टंक क्षेत्री, राधेश्याम कुशवाहा, विश्वनाथ ठाकुर, सन्तोष सिंह र वन्दना झालाई सम्मानित गरिएको हो ।

यसैगरी बज्जिका भाषाको पत्रकारितामार्फत शिक्षा क्षेत्रमा योगदान दिएका रौतहटका सञ्जय साह मित्र र राजुकुमार श्रीवास्तवलाई शिक्षा सम्मान २०७८ बाट सम्मानित गरिएको हो ।

गोडैता नगरपालिकामा शिक्षण सेवाबाट निवृत्त भएका जयनारायण महतो, नन्दलाल महतो, सुरेन्द्र झा, रामएकबाल महतो, काशी मिश्र, किशुन महतो, राजकिशोर झा, वीणा सिंह, शिवाकान्त झा, जियालाल राय, राजेन्द्र ठाकुर, सत्यलाल राय, श्री महतोलाई पनि कार्यक्रममा सम्मानित गरिएको छ ।  कार्यक्रममा विद्यालयका शिक्षकहरुलाई पनि मन्त्री सिंहले सम्मानित गरेका छन् ।

शिक्षाको क्षेत्रमा विद्यालयले पु¥याएको योगदानको प्रशंसा गर्दै मन्त्री सिंहले प्रदेश सरकारको तर्फबाट विद्यालयलाई सकेको सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ