प्रदेश नं.२ को राजधानी जनकपुरधाममै रहनुपर्ने विमलेन्द्र निधिको जोड

समाचार

जनकपुरधाम, २३ असोज । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नं.२ को राजधानी जनकपुरधाममै रहनुपर्ने जोड दिएका छन् ।

प्रदेश २ को नामाकरणमा विवाद रहेपनि स्थायी राजधानी भने जनकपुरधाम नै रहने उपसभापति निधिले जोड दिए ।

शनिबार जनकपुरधाममा भएको एक कार्यक्रममा उनले प्रदेशको स्थायी राजधानी जनकपुरधाम सबै दृष्टिकोणले उपयुक्त रहेको बताए ।

काँग्रेसको १४ औँ महाधिवेशनका सभापति आकांक्षी समेत रहेका उपसभापति निधिले  भने, ‘यस प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै रहन्छ, यसमा कुनै शंका नगर्नुस् । जचुकालिको भवन पनि प्रदेश सरकारका लागि उपयुक्त रहेकाले यो भन्दा अर्को कुनै उत्तम विकल्प छैन ।’

उनले जनसङ्ख्याको आधारमा मैथिली भाषा नेपालको दोस्रो र प्रदेश २ को पहिलो भाषा रहेकाले मैथिली सरकारी कामकाजको भाषा बन्ने निश्चित रहेको उनको भनाई छ । उनले मैथिली भाषालाई प्राथमिकतामा पार्नका लागि आवश्यक दबाब दिइरहन समेत प्रदेशवासीलाई आग्रह गरे ।

नेता निधिले आफू काँग्रेसको आगामी १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ