शम्भु झाले जसपाबाट दिए राजीनामा

समाचार

जनकपुरधाम, २४ असोज । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश समितिका मुख्यसचिव शम्भु झाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

आइतबार झाले मधेश प्रदेश समितिको मुख्यसचिवसहित पार्टीको सम्पूर्ण जिम्मेबारीबाट राजीनामा दिएको सामाजिक सञ्जालमार्फत् जनाएका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला उनले राजीनामा घोषणा गरेका हुन् । 

उनले भनेका छन्, ‘यो पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु । म जनता समाजवादी पार्टी मधेश प्रदेश समितिको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिना देखि काम गरें । मेरो योग्यता र क्षमताभन्दा ठुलो पद मैले पाएँ ।’

‘म बाँचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा जाँदिन । यस पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मिति देखि म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको कुरा आदरणीय राष्ट्रिय अध्यक्ष तथा प्रदेश अध्यक्षलाई यसै मार्फत जानकारी गराउन चाहन्छु ।’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ