ग्याँस बोक्ने ट्याङकरबाट करिब १ सय २० केजी गाँजा बरामद

समाचार

पर्सा, २८ असोज । वीरगञ्ज महानगरपालिका–२५ आइसिपि गेट नजिक रोकी राखेको भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्याँस बोक्ने ट्याङकरबाट करिब १ सय २० केजी अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । 

ट्याङकरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार रहेका ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ