कैलाली, ३१ असोज । लम्कीचुहा नगरपालिका–४ बस्ने जयलाल भण्डारीको छोरा १३ वर्षीय प्रकाश भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिबार साँझ सोही नगरपालिका–६ स्याउले बस्ने उनकै फुपू बिनु रिमाल जैशीको घरमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर अशक्त भएका उनको लम्कीचुहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया