बाँके, १ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१० गणेशमान चोकमा बा.१४ च १३८७ नम्बरको गाडीले भे.८ प ७८०४ नम्बरको मोटरसाइकल र एक साईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार राति गाडीले ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय अर्जमान ईद्रिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक र साईकल चालकको सोही नर्सिङहोमना उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया