नियन्त्रित लागूऔषधसहित युवक पक्राउ 

समाचार

मोरङ, १ कार्तिक । विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध ८ एम्पुल ऐभिल, ८ एम्पुल लुपिजेसिक, ६ एम्पुल फेनारगन र ६ एम्पुल डाइजेल्याबसहित एक युवक पक्राउ परेका छन् ।

सुनसरी ईटहरी उपमहानगरपालिका–१० बस्ने २१ वर्षीय बिरेन खवासलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ