कपिलवस्तु, १ कार्तिक । शिवराज नगरपालिका–५ चन्द्रौटा बजार बालापुर मोड बस्ने ध्रुवराज सापकोटा लगायत ४ जनाको घरबाट विभिन्न धनमाल चोरी भएको छ ।
सुनका विभिन्न गहना, नगद जम्मा ४ लाख ६८ हजार रुपैयाँ, ३ वटा मोटरसाइकल, टिभी र विभिन्न कम्पनीको मोबाईल शनिबार राति चोरी भएको छ ।
दशै मनाउन पहाड घर गएको अवस्थामा उनीहरुको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया