काठमाडौं, १ कार्तिक । सरकारले भोलि मंगलबार मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
हजरत मोहम्मद पैगम्बरलाई इस्लाम धर्मका संस्थापक मानिन्छ । मोहम्मदको १ हजार ४ सय ३६ औँ जन्मजयन्तीमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गरिन्छ ।
अरबको मक्कामा ईस २२ अप्रिल ५७१ मा जन्मेका पैगम्बरले अल्लाहका दूतबाट ज्ञान लिई कुरान लेखेको मानिन्छ ।
पैगम्बरको जन्म हुनुअघिनै उनका पिताको मृत्यु भएको थियो भने उनी जन्मेलगतै उनको माताको मृत्यु भएको थियो । त्यसपछि काकाबाट पालिएका उनी व्यापार र यात्रामा सक्रिय थिए ।
पैगम्बरले कहिले पनि एक्लै खाएनन् । उनी खाने बेलामा जहिले पनि गरिब वा दिनदुखीलाई सँगै खुवाउँथे ।
तपाईको प्रतिक्रिया