जनकपुरधाम, २ कार्तिक । प्रदेश २ को सरकारले प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसको अवसरमा प्रदेश सरकारले बिदा दिएको हो ।
प्रदेश २ सरकारको क्यालेन्डरमा कात्तिक २ गते मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसका अवसरमा बिदा उल्लेख गरिएको छ ।
यसैगरी, प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले एक शुभकामना सन्देश जारी गरी इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया