किसानलाई क्षतिपूर्ति दिन जनमतको माग

समाचार

काठमाडौं, २ कार्तिक । बेमौसमी झरीका कारण घर भित्र्याउन ठिक पारेको धान खेतमै नष्ट भएकोले किसानलाई क्षतिपूर्ति दिन जनमत पार्टीले सरकारसँग माग गरेको छ ।

जनमतका अध्यक्ष डा.सीके राउतको सचिवलायले सामाजिक सञ्जालमार्फत् सरकारसँग किसानलाई क्षतिपूर्तिका लागि आग्रह गरेको हो ।

‘बीऊबिजन थिएन, सिँचाई थिएन, मलखाद थिएन, पैसा थिएन – जसोतसो किसानले ऋण लिएर भए पनि जोहो गरे। तर बाली भित्र्याउने बेलामा यो बेमौसमी वर्षा !’ डा.राउतको सचिवालयले भनेको छ । 

बैंक र कम्पनी डुब्दा सरकारले जनताको करको पैसा हालेर धनीमानीलाई उद्धार गर्छन्, तर गरीब किसानलाई सरकारले कहिले हेर्ने ? उनीहरूलाई क्षतिपूर्ति कहिले उपलब्ध गराउने ? उनीहरूले आफ्नो फसलको उचित मूल्य कहिले पाउने ? किसानलाई क्षतिपूर्ती दिने काम होस् ।  

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ