प्रधानमन्त्री देउवा र भारतीय समकक्षीबीच बेलायतमा भेट हुने

समाचार

काठमाडौं, २ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बेलायतको पहिलो भ्रमण गर्दैछन् । त्यहाँ उनको भारतीय समकक्षीसँग छुट्टै भेटघाट हुनेछ ।

कात्तिक १५ र१६ गते संयुक्त अधिराज्य अन्तर्गतको स्कटल्याण्डको सिटी ग्लास्ग्वोमा हुने जलवायु परिवर्तनसम्बन्धी वल्र्ड लिडर समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् ।

नेपालस्थित भारतीय दूतावासका एक पदाधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीसँगको भेटघाटका लागि समय तालिका तय भइरहेको छ ।

प्रधानमन्त्री देउवाको तर्फबाट नै स्कटल्यान्डमा मोदीसँग भेट्ने प्रस्ताव राखिएपछि दिल्ली त्यसमा सकारात्मक रहेको र त्यसको तयारीमा लागेको जनाइएको छ ।

यसअघि भारतीय जनता पार्टीको निमन्त्रणामा काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतको नेतृत्वको एक टोलीले हालै अभारत भ्रमण गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ