बेपत्ता दूईको शव फेला

समाचार

कपिलबस्तु, ४ कार्तिक । कपिलबस्तु जिल्लाको बुद्धभुमि नगरपालिका १० ढडिहवा स्थित घोराही खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

सोही ठाउँ बस्ने ३० बर्षिया सिता थारु र १४ बर्षिया सृजना थारुलाई सो खोलाले बगाएर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणबाट खटिएको सशस्त्र प्रहरीले सिता थारुको शव फेला पारेको हो ।  

बेपत्ता भएको सृजना थारुको भने खोजीकार्य भइरहेको बताइएको छ । यसैगरी ईलाम जिल्लाको बुङ गाउँपालिका ६ चिसापानीमा कात्तिक ४ गते सशस्त्र प्रहरीले हरिमाया राईको शव फेला पारेको छ ।

उनि कात्तिक ३ गते बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बाझोबाट खटिएको सशस्त्र प्रहरीले उनको शव  फेला पारेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ