वीरगञ्ज, ४ कार्तिक । हिन्दू युवाले पर्साको वीरगञ्जमा बंगलादेशविरुद्ध प्रदर्शन गरेका छन् । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दूमाथि भईरहेको आक्रमणको विरोधमा बुधबार वीरगञ्जमा प्रदर्शन भएको हो ।
विश्व हिन्दू परिषद नेपाल पर्साको आयोजनामा हिन्दू युवाहरुले प्रदर्शन गर्नुका साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन गरेका छन् ।
बंगलादेशमा निरन्तर हिन्दू माथि आक्रमण तथा हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठ मन्दिरमा तोडफोड तथा आगजानी गरेपनि आरोपित मुस्लिमलाई कारवाही नगरेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन ।
हिन्दूमाथि भएको घटना प्रति आक्रोशित परिषद तथा हिन्दू समाजका युवाले हसिना विरुद्ध प्रर्दशन गर्दै बंगलादेशी हिन्दूलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारवाही गर्नुपर्ने माँग गर्दै निकालेका विरोध जुलुस नगर परिक्रममा गरेको थियो ।
तपाईको प्रतिक्रिया