काठमाडौं, ६ कार्तिक । बंग्लादेशमा रहेका मुस्लिम समाजद्वारा नवमीको दिन हिन्दू समाज एवं पूजापाठ भइरहेको स्थलमाथि गरेको ज्यादतीविरुद्ध हिन्दू परिषद नेपालले प्रदर्शन गरेको छ ।
हिन्दू परिषद् नेपालले शुक्रबार काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
हिन्दूउपर दमन बन्द गर, बांग्लादेश सरकार मुर्दाबाद, हिन्दूहरुको सुरक्षा सुनिश्चित गर, दोषीउपर कारवाही गर, इस्लामिक आतंकवाद बन्द गर, ओमकार परिवार एक होऔ भन्ने मुख्य नारा लगाइएको थियो ।
कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, उपाध्यक्ष सुनिता रौनियार, केन्द्रीय सदस्यहरु पिंकी महासेठ, सुरेश साह कानू, रामसोभित नायक, हंसा साह, गायत्री साह, सचिवालय सदस्य मनीराम रेग्मी, काठमांडू उपत्यका उपाध्यक्ष इन्द्रदेव मण्डल, रामस्वार्थ राउत, कोषाध्यक्ष राजीब देव, हिन्दूवादी अगुवा दीपक महाराज आत्रेय, रामननद दास, प्रतिमा रौनियार, श्याम पोखरेलसहित दजर्Þनौ हिन्दूवादी अभियन्ताहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया