रुपन्देही, ६ कार्तिक । तिलोत्तमा नगरपालिका–२ स्थित सिताराईस मिल नजिक सडकमा लु.३० प ४२६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–१ शंकरनगर बस्ने २४ वर्षीया सुस्मिता क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया