चन्दनकुमार यादव, राजविराज, ६ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले राजविराजमा दिपावली, छठ एवं समाचकेवाको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
शनिबार जिसस सभा हलमा लोसपा संसदीय क्षेत्र २ द्वारा राजविराज आयोजित कार्यक्रममा संघीय सांसद तथा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य चन्द्रकान्त चौधरीले लोसपाले मात्र मधेशको अधिकार दिलाउने भएकोले आउने दिनमा मधेशको सबैभन्दा ठूलो पार्टी बन्ने जिकिर गरेका छन् ।
उनले भने, ‘तत्कालीन सरकारमा मन्त्री भएका उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम हामीले १८ दिनको सरकारले मधेशको केही अधिकार दिलाउन सफल भयो ।’
लोसपाका नेता दिनेश यादवले लोसपा आउने निर्वाचनमा ठूलो पार्टी बनाउन गाउँ–गाउँमा लोसपाको संगठन विस्तार गर्नका लागि टोल टोलमा सदस्यता बाँड्नु पर्नेमा जोड दिँदै सदस्यता वितरण कार्यलाई व्यापक बनाउनु पर्ने बताए ।
लोसपा केन्द्रीय नेता गजेन्द्र मण्डलले विभेदको विरुद्ध लडाई लड्ने लोेसपालाई जिल्लामा बलियो पार्टी बनाउने संकल्प गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अर्का केन्द्रीय नेता बिनोद सिँहले लोेसपालाई ठूलो पार्टी बनाउनका लागि सप्तरीमा १ लाख सदस्यता वितरण गर्ने अभियान अगाडि बनाउन सम्पूर्ण नेताहरूलाई अभियानमा लाग्नुपर्नेमा बताए ।
सो अवसरमा राजविराज नगर उपप्रमुख साधना झाले लोसपालाई मजबुत बनाई आउने दिनमा पार्टीलाई देशको ठूलो बनाउने संकल्पको साथ एकजुट भएर अगाडि बढनुपर्नेमा जोड दिइन् ।
लोसपा नेता बिरेन्द्र साहले लोसपाको कुनै विकल्प नभएको बताउँदै मधेशको उत्पीडित, दलित, मुस्लिमसहित अन्य वर्गको विभेदको अन्त्य गर्नका लागि लोसपाको निर्माण भएको बताए ।
क्याम्पसका पूर्वप्रमुख अमरकान्त झाले संविधान संशोधनका लागि सबै दललाई गठबन्धन गरे मात्र मधेशीले उठाएको मागको सम्बोधन हुने बताउँदै यसका लागि लोसपा संघर्षरत रहेको बताए ।
लोसपा नेता जय प्रकाश ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य केशव झा, जिसस प्रमुख प्रभाकर यादब, लोसपा नेता बिनोद सिँह, मबिव क्याम्पस पुर्व क्याम्पस प्रमुख अमरकान्त झा, लोसपा नेता अमरनाथ मण्डल, रामप्रित यादब, राजबिराज १६ का वडा अध्यक्ष बुचाई दास,रूपनी गाउपालिका १ का वडा अध्यक्ष पिताम्वर यादब, ओबसी महासँघका अगुवा उपेन्द्र साह लोसपा नेता मोहम्मद कमालउद्विन, महेन्द्र खंग, मबिव क्याम्पस उपप्राध्यापक ललन गुप्ता, लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
तपाईको प्रतिक्रिया