एसेम्बलिङ्ग उद्योग स्थापना गर्न मुख्यमन्त्री राउतको आग्रह 

समाचार

जनकपुरधाम, ६ कार्तिक । प्रदेश नं. २ मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशमा अटोमोबाइल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गरेका छन् ।

धनुषाको ढल्केबरमा आयोजित जानकी अटोमोबाईल एशोसिएसनको प्रथम वार्षिक साधारणसभालाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकार उद्योग ऐन ल्याइसकेको उल्लेख गर्दै उद्योग सञ्चालन गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘तपाईंहरु उद्योग सञ्चालनको तयारी थाल्नु होस्, वातावरण निर्माण गर्ने जिम्मा हाम्रो छ । थप एन कानुन चाहिए सुझाव दिनुहोस्, हामी ल्याउँछौ ।’

मुलुकको आर्थिक समृद्धि एव रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आएको अटोमोबाईल क्षेत्र प्रति केन्द्रिय सरकारको धारणा सकारात्मक नहुनु दुःखद रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको तर्फबाट हुन सक्ने सम्पूर्ण बाताबरण बनाउन तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।

बिलाशिता भन्दा पनि उपयोग बस्तुको रुपमा परिणत हुँदै गएको अटो मोबाइल क्षेत्रको भविष्य उज्ज्वल रहेको उनको कथन थियो ।

जानकी अटोमोबाइल एशोसिएसन अफ नेपालको अध्यक्ष तेजनारायण साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल, मिथिला नपाका प्रमुख हरिनारायण महतोसहितका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ