मिथिला बाटिका उद्घाटन

समाचार

जनकपुरधाम, ६ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

सेवा केन्द्रका नेपाल निर्देशक राज दादी माको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आजको भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डो¥याउने सेवा केन्द्रको भूमिका प्रशंसनीय रहेको बताए ।

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धि प्रशिक्षणहरु सञ्चालन हुने जनाइएको छ ।

समारोह प्रदेश सभा सदस्य राम अशिष यादव, शत्रुधन महतो, परमेश्वर साह, शारदा थापासहित समाजसेवीहरुको विशेष सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ