आर–पार आन्दोलन गर्न सीके राउतले युवा दस्तालाई प्रशिक्षण दिने

समाचार

काठमाडौं, ७ कार्तिक । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आर–पार आन्दालनको तयारीमा जुटेको छ । आर–पार आन्दोलनका जनमत पार्टीले वडा–वडामा युवा दस्तालाई प्रशिक्षण दिन लागेको हो ।

आइतबार बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

भोली सोमबार प्रत्येक जिल्लाको सदरमुकाममा सिटी जुलुस गर्ने, मंगलबार पालिकामा बाइक रैली गर्दै नारा माइकिङ्ग गराउने, बुधबार वडामा कोणसभा गर्ने र मशाल जुलुस निकाल्ने, बिहीबार आर–पार आन्दोलनका लागि वडामा युवा दस्तालाई प्रशिक्षण दिने, शुक्रबार जिल्ला सदरमुकाममा मशाल जुलुस निकाल्ने र अर्को साता थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको हो ।

जनमतले थालेको जनकारबाहीअन्तर्गत एक इन्जिनियरलाई कालोमोसो र गोबर दलेर वडा परिक्रमा गराएपछि १७ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परका नेता कार्यकर्ताहरुको रिहाइका लागि दिनहुँ जनमत पार्टीले विरोधका कार्यक्रमहरु गर्दै आएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ