एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

समाचार

रुपन्देही, ७ कार्तिक । बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित सडकमा लु.१ झ २८७ नम्बरको एम्बुलेन्स र लु.२४ प ३९८७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–३ बस्ने गुल्मी घर भएका २४ वर्षीय अनमोल थापा क्षेत्री र मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका–४ बस्ने ३५ वर्षीय निशान क्षेत्री रहेका छन् । 

शनिबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ