रौतहट, ७ कार्तिक । ईशनाथ नगरपालिका–८ मन्सरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
हारिश ओसताको छोरा ८ वर्षीय अफजल ओसताको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घर पछाडी खानेपानी कलमा जडान गरेको मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया