पर्सा, ७ कार्तिक । वीरगंज महानगरपालिका–३२ चोर्नी बस्ने मनोज कुमार मण्डलकी छोरी ५ वर्षीया अर्चना कुमारीको माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा मृत्यु भएको छ ।
शनिबार दिउँसो अर्चना र उनकै दिदी ७ वर्षीया सिवानी कुमारी माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकोमा वीरगंज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा अर्चनाको मृत्यु भएको हो ।
सिवानीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि नारायणी अस्पताल वीरगंज पठाइएको छ ।
तपाईको प्रतिक्रिया