काठमाडौं, ८ कार्तिक । जनकारबाहीविरुद्ध प्रदर्शन गर्ने इन्जिनियरहरुमाथि एक इन्जिनियरले नै गम्भीर आरोपहरु लगाएका छन् । भ्रष्टाचार गर्न सिकाउने इन्जिनियरहरु नै रहेको आरोपहरु लगाइएको छ ।
जनमत पार्टीका उपाध्यक्ष ईन्जिनियर दीपक साहले इन्जिनियरिङ्गका छाता सङ्गठनहरूका अधिकांश नेताहरु सांगठनिक रूपमा भ्रष्टाचारका जराहरूका निर्माता रहेको र यिनीहरुनको मातृ पार्टीहरु संरक्षक रहेको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘आम जनताले यिनीहरूलाई खोजी खोजी प्रश्न गरे, जनता सामु नग्न बनाए । यिनीहरुसँग प्रश्न गरे, जनता सामु उजागर गरे ।’
ईन्जिनियर दीपक साहले उठाएका प्रश्नहरु
१. हरेक गाउँपालिका÷ नगरपालिकाबाट घर नक्शा पास गर्ने क्रममा जनताबाट पैसा लुटी नेतालाई भेटी चढाउने को हो ?
२. हरेक विकास निर्माण कार्यबाट अग्रिम १० देखि ३५% घुस लिई नेतालाई चढाउने को ?
३. यी सङ्गठनका प्रमूख नेताहरू जी.एम., एम.डी. बन्न नेतालाई करोडौं भेटी चढाउने को–को हुन् ?
४. अख्तियार त मेरो पोकेटमा छ, अख्तियार प्रमुखलाई भेटी चढाए फाइल बन्द गर्न लगाउने को–को हुन् ?
५. नयाँ–नयाँ व्यापारी, ठेकदारलाई भ्रष्टाचार गर्न सिकाउने को–को हुन् ?
६. भ्रष्टाचार गरेको प्रमाण कसरी मेटाउने, सिकाउनेहरु को–को हुन् ?
यी इन्जिनियरिङका छाता सङ्गठनहरूका अधिकाँश पदाधिकारीहरु मेरो सहपाठी, भाईहरु होला । जनमत पार्टी प्रमुख शीर्ष ६ नेताहरूमध्ये ४ जना इन्जिनियर नै रहेका छन् । नेपाल सरकारबाट यिनीहरूको मानवअधिकार हनन् हुँदा यिनीहरू भ्रष्ट हुन व्यस्त थिए ।
तपाईंबाट घुस मागेका छन्, कुनै ठाउँमा घुस खुवाउनु भएको भए, भ्रष्टाचारको कुनै घटना भए जनमत पार्टीको भ्रष्टाचार– निवारण विभागलाई खबर गरौं ।
तपाईको प्रतिक्रिया