पर्सा, ८ कार्तिक । वीरगंज महानगरपालिका–१६ वाईपासस्थित मन्दिर अगाडिबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ सय एमएलको विन्सिरेक्स २ सय ३७ बोतल र नाइट्राभेट ६ सय ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ ठेगाना भएका २६ वर्षीय सुमन न्यौपाने र २८ वर्षीय रोशन लामा रहेका छ्न् ।
बा.४ च १०२१ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गणेशटोलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारको पछाडि सिटमुनी राखिएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया