मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा विजयी

समाचार

राजविराज, ८ कार्तिक । युवा शक्ति क्लब विष्णुपुर–६ द्वारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा पर्साले मोरङलाई ५४ रनले र डि.आर.सि.ए. धनुषाले सिरहालाई ७ विकेटले पराजित गरेका छन् ।

सोमबार म.बि.व.क्याम्पसको खेल मैदानमा पहिले टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा १० विकेट गुमाई १ सय ३८ रनको योगफल खडा गरेको थियो ।

जसमा टिमका लागि इमरान शेख ३२ रन, असब मंसुरी ३० रन तथा नरेश गिरी १४ रनको योगदान गरेका थिए ।

बलिंग तर्पm विराटनगर स्पोटीङ क्लव, मोरङका मेहबुब इराकी ३ विकेट, सउगात भगत २ विकेट, तथा फिरदोस अंसारी, मिनस थापा, बिधान गोसामी समान १–१ विकेट हात पारेका थिए ।

जवाफमा विराटनगर ले १७ ओभर ५ बलमा आफ्नो सबै विकेट गुमाउँदै ८३ रनमै अल–आउट हुन पुग्यो ।
जसमा विराटनगरका लागि मुकुन्द यादव २० रन, निरज मुखिया १८ रन र सिद्धान्त लोहनी १४ रनको योगदन दिएका थिए ।

बलिँगतर्पm पर्साका अलफाज मंसुरी ३ विकेट तथा साइफल, समसाद, राजा र नसरुदिन समान १–१ विकेट हाथ पारेपछि पर्साले सजिलै जीत हात पार्न सफल भएको थियो ।

सो खेलको म्यान अफ दि म्याच युनाईटेड पर्साका अलफाज घोषित भएका थिए ।

यसैगरी सोमबार नै सम्पन्न दोस्रो खेलमा सिरहालाई ७ विकेटले पराजित गर्दै धनुषा विजय भएको थियो । 

टस जितेर ब्याटिङ रोजेको सिरहाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १०१ रनको योगफल खडा गरेको थियो ।

जसमा दिपेश दास ३० रन, शैलेन्द्र साह २४ रन र अमित मण्डल १५ रन जोडेका थिए ।

बलिंगतर्पm डि.आर.सि.ए. धनुषाका सैमन राय ३ विकेट, आकाश राय र बिशालले २–२ विकेट तथा दिव्यांशु मलिकले १ विकेट हात पारेका थिए ।

जवाफमा १ सय १ रनको लक्ष्य लिएका डि.आर.सि.ए. धनुषा ले १७ ओभर ३ बल खेल्दै विजयी भएको थियो । 

जसमा हिमांशु दत अविजित रहदै ३६ रन जोडे भने रौनक रतन २१ रन तथा विशाल सुस्लीङ्गले १९ रनको योगदान दिएका थिए ।

बलिँग तर्पm सिरहाका मनोज यादव २ विकेट तथा सुमन १ विकेट हाथ पारेका थिए ।

सो खेलमा बिजय टिमका सैमन्न राय म्यान अफ दि म्याच घोषित गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ