प्रदेश २ सरकारले एसिडपीडित मुस्कानलाई थप उपचारका लागि पाँच लाख दिने

समाचार

जनकपुरधाम, ९ कार्तिक । एसिड पीडित पर्साकी मुस्कान खातुनलाई थप उपचारका लागि प्रदेश नं. २ को सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेकी मुस्कानलाई थप पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । 

यसअघि प्रदेश सरकारले एसिडपीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ