धनुषामा दुई पालिकामा एमालेको अधिवेशन

समाचार

जनकपुरधाम, ९ कार्तिक । नेकपा (एमाले) धनुषाका दुई वटा स्थानीय तहमा मात्रै पालिका अधिवेशन भएको छ । धनुषाका १८ वटा स्थानीय तहमध्ये मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा अधिवेशन मंगलबार भएको हो ।

अधिकांश स्थानीय तहमा विवाद भएकाले तोकिएको समयमा वडा अधिवेशन नै हुन नसकेको छैन भने केहि वडामा भने प्राविधिक कारणले पार्टीले नै अधिवेशन गर्न नभ्याएको एमाले धनुषका जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

एमाले जनकपुरधाम नगर समितिका अध्यक्ष श्याम पूर्वेले दिएको जानकारी अनुसार जनकपुरधाम उपमहानगरमा २५ वटा वडा मध्ये ८ वटा वडामा वडा अधिवेशन हुन बाँकी छ । 

उनले वडामा अधिवेशन नसकिएकै कारण जनकपुरधामको नगर अधिवेशन हुन नसकेको बताए ।

दुई वटा स्थानीय तह बाहेक अन्य १६ वटा स्थानीय तहको अधिवेशन कहिले हुने भन्नेमा अन्योलता कायमै रहेको नेताहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ