रौतहट, १० कार्तिक । चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुर चोकबाट ३ हजार ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित एक युवक पक्राउ परेका छन् ।
सर्लाही ईश्वरपुर नगरपालिका–५ पोखरीया बस्ने २२ वर्षीय रोज महमदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा ईश्वरपुर नगरपालिका–२ बस्ने ३७ वर्षीय देवेन्द्र दास समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया