सिरहा, १० कार्तिक । धनगढीमाई नगरपालिका–५ बस्ने प्रकाश कामतकी छोरी ११ वर्षीया करिश्मा कामतको सोही नगरपालिका–६ मोहियाहीमा माटोको ढिस्कोले पुरिएर बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
घर लिपपोत गर्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।
साथै पुरिएर घाइते भएका अन्य ६ जनालाई उपचारको लागि जानकी पोलिकिल्निक जिरोमाइल धनगढीमा लगिएकोमा गम्भीर घाइते रहेका अन्य २ जनालाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ ।
तपाईको प्रतिक्रिया