प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ सम्मका लागि स्थगित

समाचार

विराटनगर, ११ कार्तिक । प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले सूचना टाँस गर्दै अर्को बैठक कात्तिक १५ गते बस्ने जानकारी दिएको छ ।

यसअघि कात्तिक ७ गते बसेको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो ।

सत्तारूढ एमाले र विपक्षी दल नेपाली कांग्रेस दुबैले बैठक स्थगित गर्न निवेदन दिएका थिए । दलहरूको मागअनुसार बैठक सारिएको हो ।

बैठक सरेसँगै नेकपा एमाले विभाजनपछि प्रदेश सभामा बहुमत गुमाएमा मुख्यमन्त्री आचार्य सत्ता अझै केहीदिन लम्बिएके छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ