स्वास्थ्य बीमा संयोजन समिति गठन

समाचार

रुपन्देही, ११ कार्तिक । नागरिकको स्वास्थ्य बिमामा सहजीकरण गर्ने उद्देश्यसहित रूपन्देहीको रोहिणी गाउँपालिकामा स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन भएको छ ।

स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति सञ्चालन कार्यविधि, २०७८ लागू भएपछि समिति गठन गरिएको हो ।

कार्यविधिमा व्यवस्था भएअनुसार गाउँपालिका अध्यक्ष सनोजकुमार यादवको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको हो ।

समितिको सदस्यमा वडाध्यक्षका तर्फबाट वीरबहादुर थापा, महिला स्वास्थ्य स्वयंसेविकाका तर्फबाट पद्मा थापा, सेवा प्रदायक संस्थाका तर्फबाट चन्द्रिका यादव, गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास चौधरी र रामप्रसाद ढकाल रहेका छन् ।

स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष यादवले जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ