रुपन्देही, ११ कार्तिक । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश समिति सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।
बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज डा.बालकृष्ण चापागाईंलाई प्रचार विभाग, केन्द्रीय सदस्य बृहस्पति अधिकारीलाई स्कूल विभाग, नेता अशोक कोइरालालाई संगठन विभाग, प्रदेश सचिव राजु गुरुङलाई आर्थिक विभाग प्रमुख र सिद्धिचरण भट्टराईलाई प्रदेश कार्यालय सचिवको जिम्मेवारी तोकेको छ ।
यस्तै बैठकले प्रदेश कमिटीलाई १ सय ६१ सदस्यीय बनाउने, कात्तिक मसान्तभित्र जनवर्गीय संगठन निर्माण गर्ने र मंसिर ३ देखि १६ गतेसम्म लुम्बिनीका १२ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निणर्य पनि गरेको सचिव राजु गुरुङले जानकारी दिए ।
मंसिर ३ गते बर्दियाबाट शुरु हुने प्रशिक्षण १६ गते रुपन्देहीमा समापन गरिने सो पार्टीले जनाएको छ ।
बैठकमा लुम्बिनी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेता तथा १२ वटै प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया