राजदूत सिफारिसमा मधेशी परेनन्

समाचार

काठमाडौं, १२ कार्तिक । सरकारले तीन देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ । ती तीन जनामध्ये एक जनापनि मधेशका छैनन् ।

मन्त्रिपरिषद बैठकले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको हो । वर्तमान सरकारमा उपेन्द्र यादव नेतृत्वको जसपा सहभागी भएपनि मधेशले एउटा पनि राजदूत पाएको छैन ।

सरकारको पछिल्लो सिफारिसले सरकारमा सामेल भएपनि जसपाको स्थिति कमजोर रहेको देखिएको छ । जसपा सधै सत्ताको खेलमा मात्र केन्द्रित रहेको आरोप लाग्दै आएकोमा यसले पनि पुष्टि भएको छ । 

सरकारले भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको हो ।

शर्मा यसअघि अमेरिकाका लागि नेपाली राजदूत थिए भने खत्री परराष्ट्र मामिलाका विज्ञ हुन् । त्यस्तै आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि थिए ।

सरकारले हालै यी देशबाट राजदूत फिर्ता बोलाएको थियो । यसअघि अमेरिकामा डा. युवराज खतिवडा, भारतमा निलाम्बर आचार्य र बेलायतमा लोकदर्शन रेग्मी राजदूत थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ