मधेशी आयोगको कार्यसम्पादन उत्कृष्ट

समाचार

काठमाडौं, १२ कार्तिक । सातवटा संवैधानिक आयोगहरूमध्ये मधेशी आयोगको कार्यसम्पादन उत्कृष्ट रहेको छ ।

विभिन्न संवैधानिक आयोगहरू, मेची देखि महाकाली सम्मका अधिकारकर्मीहरू, मानवअधिकार संस्थाहरू लगायतको सहभागितामा तथा मधेशी आयोग र न्याय तथा मानव अधिकारका लागी संस्था (जुरी–नेपाल) को आयोजनमा ‘संवैधानिक आयोगहरूको सिफारिस कार्यन्वयनको वर्तमान अवस्था र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अधिवक्ता तथा जुरी–नेपालको कार्यक्रम निर्देशक मोहनलाल आचार्यद्वारा प्रस्तुत कार्यपत्रमा राष्ट्रिय मानवअधिकार आयोग पहिलो, मधेशी आयोग दोस्रो, थारू आयोग तेस्रो र राष्ट्रिय समावेशी आयोग चौथो स्थानमा रहेको देखिन्छ ।

सो अध्ययन अनुसार ययविधानको भाग २७ अनुसारका गठित सात वटा संवैधानिक आयोगहरूमा सिफारिसहरूको आधारमा पहिलो स्थानमा मधेशी आयोग, दोस्रो स्थानमा थारू आयोग र तेस्रो स्थानमा समावेशी आयोग रहेको छ ।

लगातार दुई वर्षका दुई वटा अध्ययन प्रतिवेदनहरू अनुसार अति न्यून मानवीय र भौतिक स्रोत साधनका बाबजुद पनि मधेशी आयोग अग्रस्थानमै रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ