रौतहट, १२ कार्तिक । चन्द्रपुर नगरपालिका–९ स्थित बसन्तपुर चोकमा ना.२६ प ६३३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत पोलमा ठोकिएर दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गरुडा नगरपालिका–५ महमदपुर बस्ने २८ वर्षीय अभय यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार गरुडा नगरपालिका–४ बस्ने २५ वर्षीय नवल कुमार पटेललाई सोही अस्पताल हुँदै थप उपचारका लागि वीरगंजस्थित रोशन अली अस्पताल पठाइएको छ ।
तपाईको प्रतिक्रिया