जनमत पार्टीका कार्यकर्ताले प्रधानाध्यापकलाई दुर्व्यवहार गरे

समाचार

जनकपुरधाम, १२ कार्तिक । जनमत पार्टीका कार्यकर्ताले धनुषाका एक प्रधानाध्यापकलाई दुर्व्यवहार गरेका छन् ।

धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई जनमतका कार्यकर्ताहरुले चप्पलले पिटेका हुन् ।

विभिन्न मागसहित पछिल्लो चार दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले शुक्रबार कुटपिट गरेका हुन् ।

नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका माग गरेका छन् ।

यसअघि सिके राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकासका हाकिम राजेस्वर कुशवाहालाई कुटपिट तथा दुव्र्यवहार गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ