रौतहटमा हार्डवेयर पसलमा आगलागी हुँदा दुई करोडको क्षति

समाचार

रौतहट, १२ कार्तिक । जिल्लाको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित एक पसलमा आगलागी भएको छ । 

शुक्रबार भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको छ ।

सोही ठाउँ बस्ने नवल साहले संचालन गरेको हार्डवयर पसलमा विधुतीय तार सर्टभई आगलागि हुँदा करीव २ करोड रुपैयाँ बराबरको हार्डवयरका सामान जलेर नष्ट भएको बताईएको छ ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट, सुरक्षा बेश दुधियाभार र  सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागि नियन्त्रणमा सकृयताकासाट जुटेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ