तिलावे पुलमा राजनीतिक घुस्यो, विकास विरोधी रणनीतिको नालीबेली

समाचार

वीरगंज, १३ कार्तिक । वीरगञ्ज–ठोरी हुलाकी मार्गअन्तर्गत तिलावेपुल निर्माणमा ढिलाई भएको छ । २०७६/८/२ मा सहमति पछि लुम्बिनी बिल्डर्सले नै पुल निर्माणको काम गर्दै आएको छ ।

लुम्बिनी बिल्डर्स, नव कान्तिपुर कम्पनी र हुलाकी राजमार्ग आयोजनाबीच त्रिपक्षीय छलफलबाट यस्तो सहमति बनेको हो । 

लुम्बिनीले तिलावे पुलको काम २०७८ चैत सम्म सम्पन गर्नेनरि २०७६/८/२ मा सहमति भएको हुलाकी राजमार्ग आयोजनाले बताएको छ । तिलावे पुलको निर्माणका लागि २०७३ असारमा सम्झौता भएको थियो । 

आयोजनाले म्याद थपका लागि पटकपटक सिफारिस गरे पनि राजनीतिक दबाबका कारण म्याद नथपिँदा निर्माणको काम अवरुद्ध हुँदै आएको थियो । हुलाकीका प्रोजेक्ट मेनेजरले म्याद थपका लागि सिफारिस गरेका थिए । 

३६ महिनामा पुलनिर्माण गरिसक्ने सम्झौता भएकोमा सडक विभागले नक्सा स्वीकृति गरि २८ महीना पश्चात निर्माण व्यवसायीलाई उपलब्ध गराएको थियो । 

राजनीतिक दबाबमा आयोजनाले निर्माण व्यवसायीलाई काम गरे वापतको १ करोड रुपैया भुक्तानीसमेत रोकिएको छ ।

म्याद थप र भुक्तानी रोकेर निर्माण व्यवसायीलाई आर्थिक समस्यामा पार्दा पुलको काम रोकिने र त्यसको राजनीतिक फाइदा उठाउन पाइने मानसिकताबाट जिल्लाको विकासमा अवरोध भइरहेको छ । 

पुलको स्लाब हाल्न सुरु गरिएको भए पनि लकडाउन तथा बार्षायामका कारण निर्माणमा समस्या आएको भन्दै निर्माण कम्पनीले काम रोक्दा पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।

पुलको बेसमेन्टको काम हुँदा पहिले सञ्चालनमा रहेको पुलबाट आवतजावत रोकेर डाइभर्सनको व्यवस्था मिलाइएको थियो । 

किन दिइयो लुम्बिनीलाई ?

राजनीतिक स्वार्थका कारण वीरगञ्ज–ठोरी हुलाकी मार्गअन्तर्गत निर्माणाधीन तिलावे पुलकोकाममा विभिन्न अवरोध भएपछि जसरी पनि पुलको निर्माण सक्ने उद्देश्यले यस्तो सहमति बनेको हो । 

राजनीतिक चक्रब्युहमा परेकोपुलको निर्माण कार्य ७० प्रतिशत काम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ