बाँकेमा चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ 

समाचार

बाँके, १३ कार्तिक । कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट १ थान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ पक्राउ पर्नेहरुमा राप्ती सोनारी गाउँपालिका–९ ढकेरी बस्ने ३५ वर्षीय हिरासिह बिक, सुर्खेत पंचपुरी नगरपालिका–७ बस्ने २४ वर्षीय रमेश वयक र सोही ठाउँ बस्ने २८ वर्षीय बसन्त बिसी रहेका छन् । 

चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले होटलमा बसेका उनीहरुलाई उक्त छाला र हड्डी सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ