कपिलवस्तुको विकासका लागि प्रदेश सरकारले विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेको छ : मन्त्री यादव

समाचार

इमरान खान, कपिलवस्तु, १४ कार्तिक । जनता समाजवादी पार्टी नेपालले कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकामा स्वगत, सम्मान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

जनता समाजवादी पार्टी यशोधरा गाउँपालिकाको अध्यक्ष राम लखन जयसवाल र वडा नं. २ का जसपा वडा कमिटिका अध्यक्ष उद्घब चौधरीले जसपा नेपाल लुम्बिनी प्रदेश को संसदियदलका नेता एवं लुम्बिनि प्रदेशका भौतिक तथा पुर्वाधार विकास मन्त्री सहसराम यादव र लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भुमि व्यवस्था मन्त्री सुमान शर्मा रायमझि लाई टीका माला लगाई स्वागत गरेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु यशोधार गाउँपालिकाका अध्यक्ष राम लखन जयसवालले बेमोसमी बर्षाले भएको धानको क्षतिको छिटो क्षतिपूर्ति उपालब्ध गराउन र आगमी दिनमा लगाउने गेहु , तोरी तरकारी लगायत बालीनालिको लागि समयमा मलखाद्य उपलब्ध गराउन माग गरेका थिए । 

स्वागत तथा सम्मन कार्यक्रममा यशोधरा गाउँपालिका भित्रका नेपाली कांग्रेस, ,नेपाल कम्युनिस्ट , नेकपा एमले लगायत बिभिन्न पार्टी परित्याग गरि २०० भन्दा बढी जसपा कपिलवस्तुमा प्रवेश गरेका थिए । 

जसपामा नव प्रवेशीलाई लुम्बिनी प्रदेश नेपालको संसदियदलका नेता एवं लुम्बिनि प्रदेशका भौतिक तथा पुर्वाधार विकास मन्त्री सहसराम यादव र लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भुमि व्यवस्था मन्त्री सुमन शर्मा रायमझिले टीका, माला, दोसल्ला उढाइ प्रबेश गरेका गराएका थिए ।

लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भुमि व्यवस्था मन्त्री सुमन शर्मा रायमझिले बेमौसमी बर्षाले धानबालीमा लुम्बिनीप्रदेशमा सबै भन्दा धेरै क्षति भएको बताउदै कृषिको धेरै भन्द धेरै धानको राहत दिन प्रतिवद्धता व्यक्त गरेकी थिइन् । 

लुम्बिनी प्रदेश कृषकको धानको राहत लिएर छिटै आउने उनले बताइन् । अगामी दिनमा लगाउने गेहँबाली, तोरी, तरकारी बाली लगायतको लागि केन्द्र सरकार संग समयमा मल उपलब्ध गराउन पाहल गरिसकेको कृषि मन्त्री रायमझिले सबै लाई जनकारी दिइन् । 

विकासका लागि समय सपेक्ष परिवर्तन हुन जरुरी रहेको जसपा लुम्बिनी प्रदेश नेपालका संसदीय दलका नेता एवं लुम्बिनी प्रदेशका भौतिक तथा पुर्वाधार विकास मन्त्री सहसराम यादवले बताएएका थिए । 

उनले कपिलवस्तुको विकासका लागि प्रदेश सरकारले विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेको पनि दावी गरे । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ