रौतहट, १४ कार्तिक । चन्द्रपुर नगरपालिका–१ पौराई पुलस्थित सडकमा प्रदेश २ –०३–००६ प ४०१३ नम्बरको मोटरसाइकललाई ना.६ त ४७३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
शनिबार साँझ ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने २२ वर्षीय सरोज मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज नेशनल मेडिल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया