साताव्यापी आरोग्य सप्ताह सुरु

समाचार

काडमाडौं, १५ कार्तिक । आयुर्वेद दिवसको अवसरमा काठमाडौंमा आरोग्य सप्ताहको आयोजना गरिएको छ । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंस्थित भारतीय दूतावास र आयुर्वेद क्याम्पसले संयुक्त रुपमा सोमबार सप्ताहव्यापी आरोग्य सप्ताहको आयोजना गरेको हो ।

त्यस अवसरमा ‘आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती’ शीर्षकमा अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरिएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा डा शिवलाल भुसाल,  चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा डा प्रदीप वैद्य, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा शिव मंगल प्रसादलगायत अन्य शिक्षाविद्हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारको पनि उपस्थिति थियो ।

उनले विशेषगरी कोभिड–१९ महामारीको समयमा आयुर्वेदको उपयोगिताबारे प्रकाश पारेका थिए । वेबिनारमा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्थीको सहभागीता थियो ।

अष्टांगम आयुर्वेद चिकित्सालयम र विद्यापीठम, केरला, भारतका प्रधानाध्यापक र प्रमुख चिकित्सक प्रा डा अलाथियुर नारायणन नाम्बी र इन्स्टिच्युट अफ इन्डिजिनस मेडिसिन, कोलम्बो विश्वविद्यालय, श्रीलंकाका डा एस.एम.एस समाराकुनले मुख्य वक्ताको रूपमा आफ्ना विचार प्रस्तुत गरेका थिए । 

यो कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा वर्षभरी मनाउन गइरहेको आजादीको अमृत महोत्सवको एक हिस्साको रूपमा आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ