काठमाडौं, १५ कार्तिक । सरकारले बुधबारबाट सुकुम्बासीलाई लालपुर्जा वितरण सुरुवात गर्ने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मंगलबारबाट महोत्तरीको रामगोपालपुरस्थीत गाउँ ब्लकको जग्गा वितरण गर्ने भएकी हुन् ।
गाउँमा शिविर राखेर जग्गा वितरण गर्ने मन्त्री श्रेष्ठले जानकारी दिइन् । उनले अघिल्लो सरकारका राम्रा कामको स्वामित्व आफूले लिने बताइन् ।
अघिल्लो सरकारले पालामा बनेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर वर्तमान सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ ।
भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोगले निरन्तरता दिने बताएको छ । त्यसै अन्र्तगत महोत्तरीबाट जग्गा वितरण थालिएको छ ।
तपाईको प्रतिक्रिया