स्वास्थ्य मन्त्री र भारतीय राजदूतबीच भेट

समाचार

काठमाडौं, १६ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धको महत्वपूणर् पाटोका रुपमा स्वास्थ्य क्षेत्रको सहकार्य थप अगाडि बढाउनुपर्ने बताए ।

उनले कोभिड-१९ को महामारीको विषम परिस्थितिमा पनि भारतबाट नेपालमा औषधि, अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको निरन्तर रुपमा आपूर्ति हुनु अत्यन्तै सराहनीय रहेको बताए ।

‘सबै लक्षित जनसङ्ख्यालाई यथाशक्य चाँडो कोभिड-१९ विरुद्धको खोप लगाई सक्ने लक्ष्यअनुरुप नेपालले कार्य गरिरहँदा भारत सरकारबाट प्राप्त सहयोग र सहकार्य अन्यन्तै महत्वपूणर् छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ