प्रदेश १ का मुख्यमन्त्री राईले लिए शपथ

समाचार

विराटनगर, १६ कार्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् ।

मुख्यमन्त्रीमा सपथ लिएपछि राईले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी शपथ गराएका छन् । सामाजिक विकासमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)का जयराम यादव, आर्थिक मामिला तथा योजनामन्त्रीमा (नेकपा माओवादी केन्द्र)का इन्द्र आङ्वो, भौतिक पूर्वाधारमन्त्रीमा नेपाली कांग्रेसका हिमाल कार्की, आन्तरिक मामिलामन्त्रीमा कांग्रेसकै केदार कार्की र सामाजिक विकास राज्यमन्त्रीमा (संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे नियुक्त भएका छन् ।

गठबन्धनका ४९ प्रदेशसभा सदस्यका तर्फबाट राजेन्द्र राईले नयाँ सरकार गठन गर्न सोमबार दाबी प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ