भैरहवा, १७ कार्तिक । संघीय सांसद तथा नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशका संयोजक मेटमणी चौधरीले ओली पाटीका कारण मुलुक पछाडि परेको बताएका छन् ।
भैरहवामा लुम्बिनी प्रेस क्लबसँगको पत्रकार भेटघाटमा चौधरीले ओली पाटीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न तर्फ लागेको भन्दै ओली बाहेकका देशभर रहेका कम्युनिष्टहरुको साझा विचार रहेकोले ओलीको दम्भलाई शुन्यमा झार्न संगठिन हुनु पर्ने बताएका छन् ।
उनले भने “डुब्न थालेको कम्युष्टि आन्दोलनलाई उत्साहित पार्न एकिकृत समाजवादी जन्मिएको हो, २०१५ साल देखि २०७४ सम्म विभिन्न निर्वाचनमा कम्युष्टिले नेतृत्व गर्दै आएको तर क्षमतावृद्धि गर्न नसकेकोले समाजवादी खडा भएको छ ।
नेपालमा दुईतिहाइको बहुमत हुँदा हुँदै पनि कम्युनिष्ट पाटीमा ओलीवाद हाबी भएका कारण सरकार परिवर्तन गर्नु प¥यो ।
अहिले जसरी सरकारबाट ओली पाटीलाई नाङ्गिने बनाइयो त्यस्तै गरी आगामी निर्वाचनमा पनि ओलीपाटीलाई मुलुकबाट नै शुन्य सांसद बनाउनेछौं । अहिले घनश्याम भुसाल बाटो बिराएर ओली पाटीतिर लाग्नु भयो, ओली पाटीको निर्वाचन नहुँदै उहाँ एकिकृत समाजवादीमा आउने तयारीमा हुनुहुन्छ । भूसाल मात्रै होइन ओलीले अहिले १० भाइ भन्दै बाहिर लखेट्ने काम गरेकोले १० भाइ नै समाजवादी पार्टीमा प्रवेश गर्ने आन्तरिक तयारी भइरहेको छ ।”
तपाईको प्रतिक्रिया