राजनीतिक फोहोर नहटेसम्म देश विकास सम्भव छैन : प्रभु साह

समाचार

रौतहट, १७ कार्तिक । एमाले नेता तथा पूर्वमन्त्री प्रभु साहले राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको बताएका छन्  ।

बुधबार कटहरिया बजारको सरसफाइपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

नेता साहले आफैभित्र रहेको राजनीतिक फोहोर नहटेसम्म सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा नहुने धारण राखे ।

पूर्वमन्त्री साहले देशमा दूषित राजनीति, कुशासन र ब्यापक भ्रष्टाचार बढेको बताउँदै राजनीतिक भागबन्डाको अन्त हुनुपर्ने बताए ।

उनले स्थानीय व्यापारी, राजनीतिकर्मी, कर्मचारी र जनता सबै मिलेर समृद्धिका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ