इपानले भन्यो : नेपालको विजुली भारतमा बिक्री गर्न पाउनु स्वागतयोग्य

समाचार

काठमाडौं, १७ कार्तिक । भारतीय बजारमा प्रतिस्पर्धी दरमा पहिलो पटक नेपालको विद्युत बिक्रीको अनुमति पाएकोप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले खुसी व्यक्त गरेको छ ।

नेपालको जलविद्युत भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न पाउनु स्वागतयोग्य भएको इपानले जनाएको छ ।

इपानले बुधबार गरेका पत्रकार सम्मेलनमा अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको जलविद्युत क्षेत्रलाई व्यवस्थित र मर्यादित तरिकाले विकास र विस्तार गरी बढी जलविद्युत उत्पादन गरेर स्वदेश तथा विदेशमा विभिन्न माध्यमबाट बिक्री वितरण गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले सबैभन्दा पहिले स्वदेशमा उर्जा खपत गर्नुपर्ने वातावरण बनाउनुपर्ने र निर्यात गर्नुपर्ने बताए । अध्यक्ष आचार्यले विद्युत निर्यात गर्ने ढोका खुलेको र अब बंगलादेशसमेत नेपालको विद्युत लैजाने बाटो खुलेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ